काठमाडौ माघ ३
भारतीय कलाकार सैफ अली खानमाथि छुरा प्रहार भएको छ ।
गएराति साढे २ बजे मुम्बईको बान्द्रास्थित सैफ अली खानको घरमै प्रवेश गरेका एक सन्दिग्धले खानमाथि छुरा प्रहार गरी भागेको जनाइएको छ ।
भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार सैफलाई चोटग्रस्त अवस्थामा बिहान साढे ३ बजे लिलावती अस्पताल पुर्याइएको थियो।
अस्पतालका सिओओ डा.निरज उत्तमानीले सैफको जिउमा ६ वटा चोट रहेको बताएका छन्। तीमध्ये दुइटा चोट गहिरो रहेको हिन्दुस्तान टाइम्सले बताएको छ ।
२ माघ २०८१, बिहिबार ०२:०० मा प्रकाशित