काठमाडौं,
साउन ११
सौर्य एयरलाइन्स विमान दुर्घटनाबाट मृत्यु भएकामध्ये
५ शव परिवारले बुझेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पतालबाट ५ शव परिवारले
बुझेका हुन् ।
उद्धव पुरी, अश्मिन निरौला, श्याम
विन्दुकर, राजाराम आचार्य र को–पाइलट सुशान्त कटवालका परिवारले शव बुझेका छन् ।
दुई शव परिवारले भोलि बिहान बुझ्नेगरी प्रक्रिया
पूरा भएको छ ।
त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभागले मृतकहरुको शव पहिचान गरेर
पोष्टमाटम गरिसकेको छ । प्रत्येक परिवारको ३/३ जनालाई बोलाएर शव हेर्न दिएर पठाउने
अस्पतालले जनाएको छ ।
केही परिवारले भने माग पूरा नहुँदासम्म शव
नबुझ्ने बताएका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले
प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरूको अडान छ ।
बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा
१८ जनाले ज्यान गुमाएका थिए ।