एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनी
विद्रोही समूह हमासले गाजा क्षेत्रका बन्धकलाई रिहा नगरे युद्धविराम रद्ध
गर्नुपर्ने प्रतिक्रिया दिनुभएको छ ।
हमासले बन्धकहरुको रिहाइ स्थगित
गर्ने चेतावनी दिएसँगै ट्रम्पले बन्दी रिहा नभए युद्धविराम अन्त्य गर्ने
बताउनुभएको हो ।
उहाँले युद्धविराम सम्झौताअनुसार
हमासले बन्दी रिहा नगरे फेरि युद्ध शुरू गरेर हमासलाई सिध्याउने प्रस्ताव राख्न
बाध्य हुने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।
इजरायलले युद्धविराम सम्झौता
उल्लङ्घन गरेको आरोप लगाउँदै हमासले बन्धक रिहा नगर्ने बताएको छ । हमासले बन्धकको
रिहाइ बन्द गर्ने भनेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा समस्या आएको खबरमा
उल्लेख छ ।
।
२८ माघ २०८१, मङ्गलबार ११:१२ मा प्रकाशित