काठमाडौँ , चैत
१८
प्रतिपक्षी दलहरुको अवरोध पश्चात पछि आज
बिहान ११:०० बजे प्रतिनिधि सभा बैठक बस्दैछ ।
यसअघि बिहीबार, शुक्रबार र आइतबार बसेको प्रतिनिधि
सभाको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेका थिए ।
नेपाल विद्युत् प्राधिकरणका
कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि त्यसबारे उनीहरुले
प्रधानमन्त्रीको जवाफ माग गरेका छन् ।
जवाफ नदिए आज पनि संसद बैठक अवरोध गर्ने
प्रतिपक्षी दलहरुको तयारी छ । प्रधानमन्त्रीले उनीहरुको माग अनुसार आज जवाफ दिने तयारी गरेका छन् ।
१६ चैत २०८१, सोमबार ०६:५६ मा प्रकाशित