काठमाण्डौ,जेठ १
सरकारको आउँदो आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नु कार्यक्रम रहेकाे छ । आज दिउँसो ३ बजे राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
संसद् सचिवालयले नीति तथा कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम
नीति तथा कार्यक्रम वाचन गरिसकेपछि राष्ट्रपतिलाई बिदाइ गरिनेछ । राष्ट्रपतिको बिदाइपछि अर्को बैठकमा प्रधानमन्त्रीले संयुक्त बैठकमा नीति तथा कार्यक्रमको प्रति टेबल गर्ने कार्यसूची छ । राष्ट्रपतिलाई धन्यवादसहित नीति तथा कार्यक्रम टेबल गर्न प्रतिनिधिसभाको बेलुका ६ बजे र राष्ट्रिय सभाको साढे ५ बजे दोस्रो बैठक राखिएको छ ।
प्रधानमन्त्री प्रचण्डले सुशासन, समृद्धि, सामाजिक न्याय, रोजगारी र अर्थतन्त्रको सुधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम आउन लागेको बताउनुभएको छ । तर प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदमा निरन्तर अवरोध गर्दै आएको छ ।