काठमाडौं, असार २७
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक
बस्दैछ ।
पार्टीको
संसदीय दलको कार्यालयमा बस्ने बैठकले संसदीय दलका नेताहरूसँग छलफल गरी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत/नदिनेबारे निर्णय गर्ने
बताइएको छ ।
सरकारमा
रहेका नेकपा एमाले, नागरिक
उन्मुक्ति लगायतका दलहरूले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री
दाहाल शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् ।
मुलुकलाई
हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयता खारेजीलगायत माग राख्दै आएको राप्रपाको प्रतिनिधिसभामा
१४ सिट छ ।
प्रधानमन्त्री
दाहालले शुक्रबार संसदबाट विश्वासको मत लिँदैछन् ।
२७ असार २०८१, बिहिबार ०९:०२ मा प्रकाशित