काठमाण्डौ.वैशाख १४
इलाम र बझाङमा भोलि हुने उपचुनावको लागि सुरक्षा व्यवस्थापनको
काम पूरा भएको प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब
महानिरीक्षक भीमप्रसाद ढकालले उपचुनावलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउनका लागि सुरक्षा योजना तयार गरी
कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो ।
चुनावको क्रममा देखिनसक्ने सुरक्षा चुनौतीलाई सुक्ष्म
अध्ययन गरी आम मतदातालाई ढुक्क भएर आफ्नो अधिकार प्रदान गर्ने वातावरण निर्माणमा
प्रहरी जुटेको उहाँले बताउनुभयो । प्रहरीले मतदाता र मतदानस्थलदेखि मतगणनास्थलसम्म
भरपर्दाे सुशरक्षा योजना मिलाएको उहाँको भनाइ छ ।
उपचुनावका लागि दुई हजार तीन सय ८७ प्रहरी जनशक्ति
परिचालन गरिएको छ । प्रहरीले इलाममा ३७ केन्द्रलाई अतिसंवेदनशील, ४१ केन्द्रलाई संवेदनशील र ७१
केन्द्रलाई सामान्य प्रकृतिको रुपमा लिएको छ । प्रहरीले अतिसंवेदनशीलमा १२ देखि १७, संवेदनशीलमा नौदेखि १४ र सामान्यमा
आठदेखि १३ प्रहरी खटिएको जनाएको छ ।
यस्तै बझाङमा ३२ केन्द्रलाई अतिसंवेदनशील, ३० केन्द्रलाई संवेदनशील र ३१
केन्द्रलाई सामान्य प्रकृतिको रुपमा लिइएको प्रहरीले जनाएको छ ।