उदयपुर, भदौ २७
उदयपुरमा ट्रकले ठक्कर दिँदा नेपाल प्रहरीका असईको मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका भागलपुर प्रहरी चौकीमा कार्यरत असई श्रीकुमार बस्नेतको ट्रकको ठक्करबाट मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सदरमुकाम गाईघाटवाट मोटरसाईकलमा कार्यस्थल भागलपुर फर्कने क्रममा चौदण्डीगढी नगरपालिका– ९ ज्यामिरेमा ना ४ ख ८१६३ नम्बरको ट्रकले प्रदेश १–२–०५१ प ६४७८ नं को बस्नेतको मोटरसाईकललाई दिएको थियो।
ठक्करबाट गम्भिर घाईते ४५ बर्षिय बस्नेतको तत्कालै मृत्यु भएको जनाईएको छ। बस्नेत इटहरी उपमहानगरपालिका ८ घर भई हाल प्रहरी चौकी रामपुर झिल्के उदयपुर दरबन्दीमा रहेर प्रहरी चौकी भागलपुरमा कार्यरत थिए ।
२६ भदौ २०८०, बुधबार ०९:२० मा प्रकाशित