पोखरा ,साउन १४
पोखरामा भएको स्कुल बस दुर्घटनामा परेकाे छ । दुर्घटनामा परी एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी आरती विककाे ज्यान गएकाे प्रहरी बताएकाे छ । दुर्घटनामा परेर २२ जना घाइते भएका छन् ।
बिहान पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएकाे छ ।
१३ साउन २०८१, सोमबार १०:३७ मा प्रकाशित