एमाले केन्द्रीय कमिटी बैठक आजबाट सुरूहुँदै

Jhalkonepal

काठमाडाैं, फागुन ८

नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौं पूर्ण बैठक आजबाट सुरू हुँदैछ।

आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरू हुने एमालेले बताएको छ।

पार्टी सचिवालयको २७ औं बैठकले केन्द्रीय कमिटीको बैठकको कार्यसूची तय गरिसकेको छ।

केन्द्रीय कमिटीको बैठकले राष्ट्रिय हित र जनसरोकारका विषयमा, जनपरिचालन र दबाब दिने विषयमा कार्ययोजना तयार गर्ने भएको छ।

पार्टीका नेता कार्यकर्ता र पार्टीबाट निर्वाचित जनप्रतिनिधिमा गम्भीर विचलन देखापरेको भन्दै एमालेको सचिवालयको छैठौं बैठकले संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरेको थियो। केन्द्रीय कमिटी बैठकले यसबारे ठोस कार्ययोजना बनाउने बताइएकाे छ ।

प्रतिक्रिया