काठमाडौं,भदाै ९
ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी भोलि नेपाल आउने
भएका छन् ।
विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री
आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । दुई
देशका विदेशमन्त्रीबीच दुई देशको आपसी हितबारे छलफल हुनेछ ।
नेपाल बसाइका क्रममा उनले राष्ट्रपति र प्रधानमन्त्रीसँग समेत
भेटवार्ता गर्ने कार्यतालिका छ । उनी पर्सि ओमान फर्किनेछन् ।
८ भदौ २०८१, आईतबार ०७:१७ मा प्रकाशित