काठमाण्डौं, चैत्र ५
मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडिगार्ड हतियार सहित सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न खोजेको छन । दुबै जनालई सर्वोच्च अदालत परिसरबाट हतियार सहित पक्राउ गरेको छ । सोमबार दिउँसो सर्वोच्च अदालत पुगेका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। पक्राउ पर्नेमा बडिगार्डहरू दीपक खड्का र रामकुमार धिमाल छन्।
उनीहरू बिहान पौने ११ बजे दुर्गा प्रसाईंको मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालत प्रवेश गर्नेक्रममा उनीहरुले बोकेको झोलामा बन्दुक भेटिएको हो।
कालो रंगको झोलाभित्र स्वचालित हतियार एउटा, सानो दुई वटा म्यागजिन, दुई वटा ठूलो म्यागजिन, एउटा म्यागजिन होल्डर, १०० राउण्ड गोली पनि बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद भएको हतियार जिल्ला प्रशासन कार्यालय झापाबाट इजाजत प्राप्त भएको हो।