यस वर्षको एसईईको तयारी पूरा

Jhalkonepal


काठमाण्डौ, चैत ८ 

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यही चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको हो  ।

यस वर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ वटा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जनाएको छ । यस वर्ष देशभरबाट भन्डै पाँच लाख जना विद्यार्थी एसईईमा सहभागी हुनेछन् । परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र ७६ वटा जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको र काठमाण्डौ जिल्लामा परीक्षाको अघिल्लो दिन मात्रै पठाउने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

प्रतिक्रिया