काठमाडौँ, १८ असार
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का
अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता
भएको छ । अध्यक्ष नेपाल र सभापति देउवाबीच बूढानीलकण्ठस्थित देउवा निवासमा
भएको भेटवार्तामा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल भएको एकीकृत
समाजवादीका नेता आलोक रायमाझीले राससलाई जानकारी दिनुभयो । सभापति देउवाले
नेपाली कांग्रेस र नेकपा (एमाले) बीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्बन्धमा
भएको सहमतिबारे अध्यक्ष नेपाललाई जानकारी दिँदै त्यसमा सामेल हुन प्रस्ताव
गर्नुभएको नेता रायमाझीले बताउनुभयो । नेता रायमाझीका अनुसार अध्यक्ष
नेपालले सभापति देउवाद्वारा प्रस्तुत प्रस्तावमाथि पार्टीमा छलफल गरेर जानकारी
दिने बताउनुभयो ।
१८ असार २०८१, मङ्गलबार ०८:२१ मा प्रकाशित