नयाँ वर्षको २०८१ शुभकामना : सुदूरपश्चिममा विशु पर्व मनाइदै

Jhalkonepal

काठमाण्डौं, बैशाख १

विक्रम सम्बत २०८१ आज देखि शुरु भएको छ । नेपालको राष्ट्र्यि क्यालेन्डर पनि विक्रम सम्बत भएकोले नेपाली नयाँ वर्ष पनि आजै देखि शुरु भएको छ । नयाँ वर्षको अवसरमा देशै भरि सार्वजनिक विदा दिइएको छ । 

नयाँ वर्षको अवसरमा राष्ट्र्पति, प्रधानमन्त्री तथा सभामुखले शुभकामना सन्देश दिदै सम्पुर्ण नेपालीहरुको सुख शान्ति र समृदीको कामना गरेका छन । यस्तै सर्वसाधारणले पनि एकअर्कालाई शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइ रहेका छन । 

सुदूरपश्चिममा वैशाख १ गते लाई विसु पर्वको रुपमा पनि मनाइन्छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा विसु पर्वमा मठमन्दीमा गई पुजा अर्चना गर्ने र सिस्नुलाई छोएर विष पखाल्ने परम्परा छ । यस्तै देशका अन्य भागमा पनि नयाँ वर्षलाई नयाँ कार्य प्रारम्भ वा नयाँ योजनाहरुको निर्माण गर्ने दिनको रुपमा पनि मनाइन्छ । 

नयाँ वर्षको अवसरमा देश विदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुमा झल्को नेपाल परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दैछौ । 

विवेचना विष्ट

प्रकासक/सम्पादक

झल्को नेपाल डट कम


प्रतिक्रिया