काठमाडौं, माघ २४
भारतीय वायुसेना (आईएएफ)को लडाकु विमान दुर्घटनाग्रस्त भएको छ ।
उक्त भारतीय वायुसेना (आईएएफ)को लडाकु विमान मिराज–२००० बिहीबार
मध्य प्रदेशको शिवपुरी जिल्लामा नियमित प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा
दुवै पाइलट घाइते भएको र अधिकारीहरू घटनास्थलमा पुगेको बताइएको छ ।
"प्राविधिक गडबडीका कारण शिवपुरी ग्वालियरमा मिराज २०००
दुर्घटनाग्रस्त भएको हो," भारतीय वायुसेनाले विज्ञप्तिमा भनिएको छ, "यो नियमित
प्रशिक्षण उडानमा थियो। दुवै पाइलट सकुशल छन् । घटनाको अनुसन्धान गर्न कोर्ट अफ
इन्क्वायरीलाई आदेश दिइएको छ ।"
२३ माघ २०८१, बिहिबार ०७:५६ मा प्रकाशित