काठमाडौं , फागुन १
प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन
नदिन निर्देशन दिनुभएको छ ।
कृषि तथा
पशुपन्छी विकासमन्त्री लगायत मन्त्रालयका कर्मचारीहरूसँग छलफल गर्दै
प्रधानमन्त्रीले कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन पनि निर्देशन दिनुभएको
हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज ब्रिफिङ लिँदै
प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई
सधैं समस्या हुने अवस्था अन्त्य गर्न निर्देशन समेत दिनुभएको छ
३० माघ २०८१, बिहिबार ०४:१३ मा प्रकाशित