काठमाडौं, कात्तिक ५
इजरायलमा हमास समूहको आक्रमणमा मारीएका नेपाली विद्यार्थीमध्ये चार जनाको शव आज बिहान ९ बजे ल्याइँदै छ।
कानुनी प्रक्रिया पूरा भएका चार विद्यार्थीको शव स्थानीय समयअनुसार शनिबार दिउँसो फ्लाइ दुबईको उडानबाट नेपाल ल्यााइएकाेमा आइतबार बिहान ९ बजे आइपुग्न लागेको हो।
इजरायलस्थित नेपाली दूतावासका अनुसार इजरायलबाट फ्लाइ दुबईको उडान नम्बर एफजेड– १२१० मार्फत् दुबईसम्म र त्यसपछि फ्लाइ दुबईकै उडान नम्बर एफजेड– ८३५१ मार्फत काठमाडौंसम्म अाइपुग्ने गरी व्यवस्था मिलाइएको छ।
इजरायलमा हमास समूहको आक्रमण परी दस जना नेपालीको ज्नियान गएकाे छ । तीमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विष्ट र आशिष चौधरीको शव अाज नेपाल ल्याइन लागिएको हो।
४ कार्तिक २०८०, आईतबार ०७:०० मा प्रकाशित