काठमाडौं , माघ ११
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५० जनाको आवेदन परेको छ । सरकारले दुई पटक गरेर माग गरेको आवेदनमा ५० जनाको आवेदन परेको हो ।
गत पुस २० मा खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न सिफारिस समितिले दरखास्त आह्वान गरेको थियो ।
योग्यता पूरा गरेका इच्छुक नेपाली
नागरिकलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारस्थित समितिको कार्यालयमा दरखास्त पेस गर्न आह्वान गरिएको थियो
।
१६ कात्तिकमा प्रा.डा.धर्मकान्त बाँस्कोटा पदावधि सकिएर पदमुक्त भएपछि त्रिभुवन विश्वविद्यालय उपकुलपति विहीन छ । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.शिवलाल भुसाललाई तीन महिनाका लागि निमित्त उपकुलपतिकाे जिम्मेवारी दिएका थिए । त्यसको भोलिपल्ट उपकुलपति नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वमा सर्च कमिटी गठन भएको थियो ।