एयर इण्डियाको जहाजमा बम नरहेको पुष्टि ,जहाजले नियमित उडान गर्दै

Jhalkonepal

काठमाण्डाै, कार्तिक १२


एयर इण्डियाको जहाजमा बम रहेको भन्दै आएको सूचना गलत भएको पुष्टि भएको छ ।
नेपाली सेना र नेपाल प्रहरीले गरेको चेकजाँचपछि यो पुष्टी भएको हो ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्राचार्यले विमानमा कुनै पनि किसिमको शंकास्पद वस्तु नभेटिएको बताइन् । उनले भनिन्, ‘अब जहाजले नियमित उडान गर्दैछ ।’
सोमबार अपराह्न २:४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै सूचना आएपछि प्रहरी र सेनाले जाँच थालेको थियो ।
 

प्रतिक्रिया