विराटनगर, भदौ २३
कोसी प्रदेशका निवर्तमान मुख्यमन्त्री उद्धव थापाले सहमतीय सरकारका लागि आफूहरू तयार रहेको बताउनुभएको छ । प्रदेशमा सहमतीय सरकारका लागि तयार भए पनि केन्द्रमा रहेका नेताहरू पनि तयार हुनु पर्ने थापाको भनाइ छ । उहाले सहमतीय सरकार निर्माणमा नव नियुक्त मुख्यमन्त्रीले भूमिका खेल्नु पर्ने बताउनुभयो उहाले भन्नुभयो अव सहमतीय सरकार निर्माणको भूमिका खेल्ने काम नव नियुक्त मुख्यमन्त्रीको हो । उहाँले शीर्ष नेताहरूलाई सहमत गराउन सक्नु भयो भने सहमतीय सरकार बन्छ ।
सहमतीय सरकार बने प्रदेशमा देखिएको राजनीतिक अस्थिरता हटेर जाने थापाले बताउनुभयो। नेपाली काँग्रेस कोसी प्रदेश संसदीय दलका नेता समेत रहेका थापाले प्रदेश सभामा रहेका सबै दलहरूको चाहाना मध्यावधिमा नजाँच भन्ने रहेको बताउनुभयो। उहाका अनुसार अहिले कोही पनि मध्यावधिमा नजाऊ भन्नेमा छौ । अव यस्तै परिस्थिति रह्यो भने मध्यावधि कसैले रोकेर रोकिने छैन । संविधानको धारा १६८को ३ अन्तरगत बनेको सरकारले पनि विश्वासको मत पाउन नसक्ने बताउनुभयो। यो सरकारले विश्वासको मत लिन नसक्ने र धारा १६८को ५ अन्तरगत गठबन्धन दलकै सरकार बन्ने दाबी गर्नुभयो । यसरी बनेको सरकारले पनि विश्वासको मत पाउन नसके प्रदेश मध्यावधिमा जाने थापाले बताउनुभयो।