काठमाडौं , फागुन २६
नेपाली कांग्रेस
राष्ट्रिय सभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला चयन भएका छन् । कांग्रेस
संसदीय दलको नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रिय सभामा
दलको नेता मनोनीत गरेका संसदीय दलका कानुनी सल्लाहकार अधिवक्ता केशव जोशीले जानकारी
दिए ।
कांग्रेसको विधानमा प्रतिनिधिसभा
संसदीय दलको नेताले राष्ट्रियसभा संसदीय दलको नेता चयन गर्ने प्रावधान छ । सोहीअनुसार शनिबार सभापति देउवाले
सिटौलालाई मनोनीत गरेका जोशीले बताए ।
२५ फाल्गुण २०८०, शनिवार ०६:५१ मा प्रकाशित