सुनचाँदीको मूल्य बढ्यो

Jhalkonepal

काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा चार हजार ७०० रुपैयाँ र चाँदी १४५ रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला छापावाल सुन दुई लाख ८३ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३२५ रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार एक तोला सुन दुई लाख ७९ हजार १०० रुपैयाँ र चाँदी चार हजार १८० रुपैयाँमा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार आठ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया