चार प्रदेशमा भारी बर्षाको सम्भावना

Jhalkonepal

काठमाण्डौं,बैशाख ३०

भारतको उत्तर प्रदेश देखि पश्चिम बंगाल सम्म रहेको निम्न चापिय क्षेत्रको समेत प्रभाव र पश्चिमी वायु,का साथै स्थानीय वायुको प्रभावले आज कोशी, मधेश, बागमती, गण्डकी र लूम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन(चट्याङ्ग हावाहुरी सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। 

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ/ हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

पछिल्लो २४ घन्टामा बाराको अम्लेखगञ्जमा भारी वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा १०५.८ मिलिमिटर वर्षा मापन भएको छ।

त्यस्तै, इलाममा ८८.६,  मोरङको लेटाङमा ८५.४, सर्लाहीको पत्थर कोटमा ८४.८, नवलरपुरको देउरालीमा ९५.२, सप्तरीको बरमझियामा ६८.८ मिलिमिटर वर्षा मापन भएको छ।

आज कोशी, मधेश, बागमती, गण्डकी र लूम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो भने देशभर आंशिक देखि साधारणतया बदली रहने छ।

यस्तै देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी बर्षाको समेत सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुन सक्नेछ ।

प्रतिक्रिया