काठमाण्डौ , कार्तिक २
सुनको भाउले लगातार कीर्तिमान बनाएको छ ।
आज एकैदिन सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर अहिलेसम्मकै
उच्च भएको हो । आज सुनको भाउ तोलाको एक लाख ६४ हजार चार सय रुपैयाँ पुगेको नेपाल
सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो र अस्ति पनि सुनको भाउले
कीर्तीमान कायम गरेको थियो । हिजो सुनको भाउ तोलको एक लाख ६२ हजार चार सय रुपैयाँ
रहेको थियो ।
यस्तै चाँदीको भाउ पनि आज बढेको छ
। आज चाँदी ३० रुपैयाँले बढेर तोलको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको
महासङ्घले जनाएको छ ।
१ कार्तिक २०८१, शुक्रबार १२:२८ मा प्रकाशित