काठमाडाै , चैत १३
अहिले बिहान कोशी र मधेश प्रदेशमा साधारणतया बदलीको अवस्था छ।हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हाे ।
महाशाखाका अनुसार बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।
हाल कोशी प्रदेशका केही स्थानहरूमा, मधेस प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
१२ चैत २०८०, मङ्गलबार ०६:३२ मा प्रकाशित