काठमाडौं, भदौ ८
सिन्धुलीस्थित सुनकोसी नदीमा गाडी
खसेको छ । उक्त गाडीमा ४ जना सवार रहेका थिए । शनिबार साँझ पौने ६ बजेतिर सिन्धुली, गोलान्जोर गाउँपालिका- १ मध्य पहाडी लोकमार्गस्थित कुडेलेमा
पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको नम्बर नखुलेको डबल क्याप बलेरो गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको
सशस्त्र प्रहरी बलका डिएसपी एवं
सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
अहिले सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेश खुर्कोटबाट
सशस्त्र प्रहरी निरीक्षकको
कमाण्डमा गोताखोरसहित १० जनाको टोली खटिएको उनले बताए।
प्रहरीका अनुसार उक्त गाडीमा ४ जना सवारमध्ये १ जना
रोडमा हामफाल्दा सामान्य घाइते भएका छन्। भक्तपुर सूर्यविनायक नगरपालिका जगाती
बस्ने ३२ वर्षीय चालक अबिन बाके, सोही ठाउँका ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा
बेपत्ता भएका हुन् भने सुशान्त कक्षपति घाइते भएका छन्। उनलाई खुर्कोट अस्पतालमा
उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
अहिले गोताखोरले खोजी सुरू गरेको प्रहरीले जनाएको छ।