शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेट

Jhalkonepal

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच शीतल निवासमा भेटवार्ता भएको छ।

राष्ट्रपति भवनमा मंगलबार सम्पन्न उक्त भेटमा समसामयिक राजनीतिक अवस्था, आउँदो फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको तयारी र मुलुकको समग्र सुरक्षा अवस्थाका विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।

भेटवार्तामा प्रधानमन्त्री कार्कीले निर्वाचनको तयारीका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएको स्रोतले जनाएको छ।

राष्ट्रपतिले निर्वाचनको सफल आयोजनाका लागि आवश्यक समन्वय र सहयोग गर्न सुझाव दिएका थिए।

प्रतिक्रिया