ललितपुरमा होली खेल्ने क्रममा ग्याङ फाइट, छुरा प्रहारबाट दुई जना युवाकाे मृत्यु

Jhalkonepal

काठमाडौं , चैत १२ 

ललितपुरमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ ।

गए राति ललितपुरको धोलाहिटीमा दुई समूहबीच झडप भएको थियो । झडपमा परी सुनसरीकाे धरान घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथरका घर भएका  ३० वर्षीय पुजन राई रहेका छन् । दुइ समुअबीच हानाहान हुदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ ।  घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया