नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठक बस्दै

Jhalkonepal

काठमाडौँ, पुस १८

नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ । 

पार्टी कार्यालय च्यासलमा आज (बिहीबार) दिउँसो साढे १२ बजे बस्नेगरी बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । 

केन्द्रीय कमिटी बैठकका एजेन्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनको भनाइ छ । एमालेले केन्द्रीय समिति बैठक पुस २१ र २२ गते बस्ने तय भएको छ । 

यसअघि पुस १० गते बसेको सचिवालय बैठकले भीम रावललाई पार्टीबाट निष्कासन गरेको थियो । 


प्रतिक्रिया