काठमाडौं , फागुन २९
सत्ता साझेदार राष्ट्रिय
स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना
सांसदहरूलाई ह्विप जारी गरेको छ ।
मंगलबार बिहान बसेको रास्वपाको संसदीय
दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते तेस्रो पटक विश्वासको मत
लिँदै छन् । फागुन २१ मा प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता समीकरण बनाएपछि
रास्वपा उपप्रधानसहित चार मन्त्रालय लिएर
सरकारमा सहभागी भएको छ ।
२८ फाल्गुण २०८०, मङ्गलबार १०:३३ मा प्रकाशित