गैरआवासीय नेपालीहरूको विश्व सम्मेलन आज बाट सुरू

Jhalkonepal

काठमाडौं, असोज ३०

गैरआवासीय नेपालीहरूको विश्व सम्मेलन आज बाट सुरू हुँदै छ। 

एघारौं अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन आजदेखि कात्तिक ३ गतेसम्म हुने भएको हो। 

नेपालीका लागि नेपाली भन्ने मूल नारा तथा ज्ञान र रूपान्तरण समृद्धिको आधार विषयमा सम्मेलन केन्द्रित रहने एनआरएनए प्रवक्ता सोम सापकोटाले जानकारी दिनुभयाे । 

सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गदैहुनुहुन्छ।  वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष र नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा सरकार र सरोकारवालासहितको सत्रको आयोजना गरिएको छ। 

कात्तिक २ गते संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम राखिएको छ। संघको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन गर्दै सम्मेलन सकिनेछ। समापन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम छ।

प्रतिक्रिया