आज राष्ट्रिय शिक्षा दिवस, २०८१ मनाइँदै

Jhalkonepal

काठमाण्डौ, असोज २

‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८१ मनाइँदैछ।

गएको वर्षदेखि सरकारले असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसका रुपमा मनाउन थालेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको  संयोजकत्वमा मूल समारोह समिति सहित विभिन्न उपसमिति गठन गरेको छ।

राष्ट्रिय शिक्षा दिवस, २०८१ को अवसरमा उत्कृष्ट सार्वजनिक (सामुदायिक) तथा निजी लगानीका विद्यालय, प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतका प्राविधिक शिक्षालय, विश्वविद्यालयका उत्कृष्ट क्याम्पस र सामाजिक सङ्घसंस्थालाई राष्ट्रिय स्तरमा पुरस्कृत गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया