सुदूरपश्चिममा पनि सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित

Jhalkonepal

काठमाडौं, माघ ११

राष्ट्रियसभा सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् ।

महिलातर्फ माओवादीकी रेनु चन्द ४ हजार ४५३ मत ल्याउँदै निर्वाचित बनिन् ।अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट ४ हजार ४१९ मतसहित निर्वाचित भए भने अन्यतर्फ काङ्ग्रेसकै बलदेव बोहरा विजयी भएका छन् ।

नेकपा एमालेले अन्यतर्फ ईश्वरीप्रसाद खरेल, अल्पसङ्ख्यक तथा अपांगतातर्फ रामचन्द्र जोशी र महिलातर्फ सावित्रीदेवी घिमिरे पराजित भइन् ।

सुदूरपश्चिम प्रदेशमा कुल मत भार ६ हजार १ सय रहेको थियो ।

प्रतिक्रिया