काठमाण्डा, चैत १६
जिल्ला प्रशासन कार्यालय, काठमाडौँले यसअघि जारी कर्फ्यू
आदेश हटाएको जानकारी दिएको छ।
शुक्रबार काठमाडौं
महानगरपालिकाको बानेश्वर तिनकुने क्षेत्रमा लागू भएको कर्फ्यू शनिबार (आज) बिहान ७
बजेसम्म तोकिएको थियो।
यो क्षेत्रमा आवतजावत, भेला, जुलुस र सभा गर्न नपाउने नियम
थियो। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार आवस्था सामान्य भएसँगै यो
आदेश आज बिहान ७ बजेदेखि स्थगन गरिएको छ।
१४ चैत २०८१, शनिवार ०७:२१ मा प्रकाशित