गण्डकी प्रदेश : दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बने खगराज अधिकारी

Jhalkonepal

पोखरा, चैत २५  

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रखुम डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । अधिकारी गण्डकी प्रदेशको दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अधिकारी मुख्यमन्त्री नियुक्त भएका हुन् ।

आइतबार बिहान नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश भएको थियो ।

नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रबाट सभामुखको सहित ८ र नेकपा एकीकृत समाजवादीका राजिव गुरुङ (दीपक मनाङे) हस्ताक्षरसहित दाबी पेश गरिएको हो ।

दिउँसो साढे ३ बजे मुख्यमन्त्रीले शपथ लिने तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया