गण्डकी प्रदेश : दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बने खगराज अधिकारी

Jhalkonepal

पोखरा, चैत २५  

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रखुम डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । अधिकारी गण्डकी प्रदेशको दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेका छन्

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अधिकारी मुख्यमन्त्री नियुक्त भएका हुन्

आइतबार बिहान नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश भएको थियो

नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रबाट सभामुखको सहित ८ र नेकपा एकीकृत समाजवादीका राजिव गुरुङ (दीपक मनाङे) हस्ताक्षरसहित दाबी पेश गरिएको हो

दिउँसो साढे ३ बजे मुख्यमन्त्रीले शपथ लिने तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया