मोवाइल जर्नलिज्म तालिम सम्पन्न

Jhalkonepal

काठमाण्डौं, असार २४

WWJ (Working Women Journalist) ले १५ जना महिला पत्रकारहरुलाई मोजो अर्थात मोवाइल जर्नलिज्म तालिम प्रदान गरेको छ । काठमाण्डौमा सम्पन्न २ दिने तालिमको समापनमा बोल्दै WWJ की अध्यक्ष संगिता लामाले वर्तमान समयमा सोसल मिडिया अपरिहार्य दैनिक जस्तो भइसकेकोले पत्रकारहरुले पनि प्रविधि अनुरुपको पत्रकारिता गर्नु पर्ने आवश्यकता भएको बताउनु भयो । 

नेपाली पत्रकारिता क्षेत्रमा महिला पत्रकारहरुले विभिन्न चुनौतिहरु खेपीरहेको र प्रविधीको प्रयोगमा पनि पछि पारिएको हुदाँ, महिला पत्रकारहरुलाई लक्षित गरि मोवाइल जर्नलिज्म तालिमको आयोजना गरिएको लामाले बताएनु भयो । सहभागिहरुलाई अल जजिरा टेलिभिजनका पत्रकार मोहम्मद ताइबुले मोवाइलको प्रयोग गरि सामाजिक संजालको लागि आवश्यक पर्ने श्रव्यदृष्य सामग्रीहरुको उत्पादन सम्पादन गर्ने सिप सिकाउनु भएको थियो । 

कार्यक्रममा आफ्नो अनुभव साट्दै पत्रकार ताइबुले, पत्रकारितामा प्रविधीको ज्ञान देखेर पनि सिकिने बताउनु भयो। वहाँले पनि लामो समय पत्रकारिता गर्दै गर्दा नयाँ प्रविधि आफुले सिक्न नसकौलाकी भन्ने सोचे पनि पछि अरुले गर्दै गरेको देखेर नै सिकेको अनुभव साझा गर्नु भयो । 


प्रतिक्रिया