उदाउँदो सूर्यलाई अर्घ्य दिएर आजबाट छठ पर्व सम्पन्न

Jhalkonepal


काठमाडौं, मंसिर ४

उदाउँदो सूर्यलाई अर्घ्य दिएर आजबाट छठ पर्व विधिवत सम्पन्न भएको छ। उदाउँदो सूर्यलाई गाईको दूधसहितको अर्घ्य दिएपछि पर्व सम्पन्न भएको हो।

परिवार एवं सन्तानको सुख(समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे भने साेमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर आजबाट छठ पर्व विधिवत  रूपमा  सम्पन्न भएकाे हाे । 


छठपूजामा सूर्य भगवान, छठी मातालाई पूजापाठ र अर्घ्य दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा, भुसवा, किसानबाट उत्पादित अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु, सुन्तला, स्याउ, सुन्तला लगायतका फलफूल पनि चढाइएको छ। छठ पर्वको व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइने र सन्तान सुख प्राप्त हुने  धार्मिक जनविश्वास रहिआएको छ।

विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी,कुवा, ईनार तथा जलाशयहरु सिंगारिएको थियो। कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ्य दिएर छठ पर्व मनाइन्छ। 

अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जिवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने महत्वपुर्ण पर्वको रुपमा छठलाई लिइन्छ। तराई मधेशको मुख्य पर्वहरुमध्ये मिथिला, थारु तथा भोजपुरीनी महिलाहरुको विशेष कठोरताको पर्वको रुपमा रहेको छ। 


प्रतिक्रिया