काठमाडौं,
साउन ८
परराष्ट्रमन्त्री डा. आरजु राणासँग
नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. ड्यानियल म्युली मोन्टेलेओनले आज शिष्टाचार भेट
गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा नेपाल–स्वीट्जरल्याण्ड सम्बन्धका विविध
पक्षका साथै आपसी हित, सहयोग र समन्वयका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले
जनाएको छ ।
७ साउन २०८१, मङ्गलबार ०५:३७ मा प्रकाशित