बाराका रूपेश स्वर्णकारको हत्यामा संलग्न पाँच जना सार्वजनिक

Jhalkonepal

बारा, कात्तिक १५ 

बाराका रूपेश स्वर्णकारको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ। 

 जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरी हत्यामा संलग्न मुख्य योजनाकार सहित पाँच जनालाई प्रहरीले  सार्वजनिक गरेको हो। 

प्रहरीले यस घटनामा मुख्य योजनाकार कलैया उपमहानगरपालिका-६ की २२ वर्षीया राधा गुप्ता रहेको जनाएको छ। उनी बाल एकता स्कुलकी पूर्वलेखापाल समेत हुन्। 

यस्तै, सोही विद्यालयमा वरिष्ठ लेखापालको भूमिकामा रहेका सोही ठाउँका ३४ वर्षीय जामिल अख्तर र कलैया-९ रामपुरका २६ वर्षीय रियाज अंसारी पक्राउ परेका छन्। उनीहरूले यस घटनामा सहयोगी भूमिका खेलेको कार्यालयले जनाएको छ। 

यस्तै,भारतको मोतिहारी पूर्वी चम्पारणका २३ वर्षीय अभिनवकुमार राजपुत र २३ वर्षीय चन्द कुमार पक्राउ परेका छन्। गोली प्रहार गर्ने चार जना भने फरार रहेको प्रहरीले जनाएको छ। 

भारत मोतिहारीका २५ वर्षीय सुजितकुमार सिंह, २४ वर्षीय चन्चल पाण्डे, २२ वर्षीय मनिषकुमार सहनी र २० वर्षीय कामेश्वर सहनी छन्। 

उनीहरू गत सोमबार दिउँसो पौने १ बजे मदरसा टोलमा मोटरसाइकलमा आएर प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गरेका थिए।


प्रतिक्रिया