विमान दुर्घटनामा परेर ज्यान गुमाएका ११ जनाको शव परिवारले बुझे

Jhalkonepal

 काठमाडौं, साउन १२ 

विमान दुर्घटनामा परेर ज्यान गुमाएका  ११ जनाको शव परिवारले बुझेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ११ जनाको शव आफन्तले बुझेका हुन् । अस्पतालका अनुसार  दुर्घटनामा मृत्यु भएका एकै परिवारका तीन जना शव पनि परिवारले बुझेका छन् ।विदेशि नागरिकको शव भने प्रक्रिया पूरा गर्नुपर्ने भएकोले केही दिन लाग्ने स्रोतको भनाइ छ ।

केही शव आफन्त विदेशबाट आउनु पर्ने भएकोले बुझाउन ढिला भएको अस्पताल प्रशासनले जनाएको छ । बुधबार पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमा त्रिभुवन विमानस्थलमै दुर्घटना हुँदा  १८ जनाले ज्यान गुमाएका थिए । 

प्रतिक्रिया