जनकपुर, माघ ५
मधेश प्रदेश सरकारले आज माघ ५ गते सातौँ बलिदानी दिवस मनाउँदै छ ।
अधिकार प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गरेका शहीद परिवार र अंगभंग भएका तथा
घाइतेलाई आर्थिक सहयोग र सम्मान गरेर सो दिवस मनाइने गरेको मधेश प्रदेशको गृह
सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ ।
बलिदानी दिवस जनकपुरधामको महेन्द्र
नारायण निधि सांस्कृतिक प्रतिष्ठानमा मनाउनुका साथै जानकी मन्दिरमा शहीदहरूको
सम्झनामा जानकी मन्दिरमा १ लाख दीप प्रज्वलन गर्ने मधेश प्रदेश गृह मन्त्रालयले जनाएको छ ।
४ माघ २०८१, शनिवार ०८:०८ मा प्रकाशित