आठौं प्रधानमन्त्री कप भलिबल लिगकाे फाइनलमा नेपाल पुलिस क्लब र टिप टप हेल्प नेपाल विजयी

Jhalkonepal

काठमाण्डाैं, जेठ २७

आठौं प्रधानमन्त्री कप भलिबल लिगमा महिलातर्फको नेपाल पुलिस क्लब र पुरुषतर्फको फाइनल खेलमा टिप टप हेल्प नेपाल विजयी भएको छ ।

पुलिसले लिगमा अपराजित रहँदै फाइनल पुगेको एभरेष्ट भलिबल क्लब बुटवललाई ३-२ ले पराजित गरेको हो। पुलिसले एभरेष्टलाई २५-२१, २५-२३, २०-२५, २०-२५ र १५-१२ को सेटमा पराजित गरेको हो। पहिलो र दोस्रो सेटमा लगातार जित हात पारेको पुलिसले तेस्रो र चौथो सेट भने गुमायो।

पाँचौं सेट जित्दै डिफेन्डिङ च्याम्पियन पुलिसले उपाधि रक्षा गरेको हो ।

त्यस्तै पुरुषतर्फको फाइनल खेलमा टिप टप हेल्प नेपाल विजयी भएको हाे। गण्डकी प्रदेशलाई हेल्प नेपालले ३-१ ले पराजित गरेको हो। गण्डकीलाई हेल्प नेपालले २५-२२, २५-२०, २५-२०, २५-२० को सेटमा पराजित गरेको हो।

प्रतिक्रिया