दुर्घटनामा २ जनाको मृत्यु

Jhalkonepal

बिरगंज, माघ १४

बारामा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

आइतबार बाराको आदर्शकोतवाल गाउँपालिका–६ लौकाहा नजिक बी.आर. ३० एजे ३५२७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०३-००१ च ६७८८ नम्बरको पिकअपले ठक्कर  दिंदा भारत बिहारको बैरगनिया निवासी २५ वर्षीय आदित्यकुमार पाठकको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते पाठकको उपचारका  कलैयास्थित प्रादेशिक अस्पतालमा राति १० बजे मृत्यु भएको  बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

मोटरसाइकलमा पछाडि सवार रौतहट गौर नगरपालिका–१ का २२ वर्षीय राजन दास गम्भीर घाइते भएका छन् । उनको टाउको, हात र पेटमा चोट लागेको छ । हाल उनी वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया