काठमाडौं,
बैशाख ७
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा रिहा गर्न आदेश
दिए पनि धरौटी नुबझाएका कारण दिपेश पुन थुनामा गएका छन् ।
रुपन्देही जिल्ला अदालतले शुक्रबार पूर्वउपराष्ट्रपति नन्दबहादुर
पुनका छोरा दिपेशलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर उनले
तोकिएको धरौटी नबुझाएपछि थुनामा गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएके छ
।
त्यसैगरी अहिलेसम्म धरौटी नबुझाएका कारण नवीन अछामी पनि थुनामा गएका
छन् ।
न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष
ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको हे ।
सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकील कार्यालयले २८
जनाविरुद्ध मुद्दा दायर गरेकाेमा शुक्रबार थुनछेक बहसका क्रममा ७ जना उपस्थित थिए
। उनीहरूमध्ये गुरुङलाई थुनामा पठाउने र अरू ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको
थियो ।
त्यस्तै नवीन अछामीसँग १० लाख, दुर्गा
चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार,
नीता थापामगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख रुपैयाँ धरौटी माग
भएको थियो । पुन र अछामी बाहेक अरू भने धरौटी बुझाएर रिहा भएका छन् ।
सुप्रिम सहकारीमा रकम बचत गर्ने १८३१ जनाले रकम फिर्ता नपाएको भन्दै
सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध जाहेरी दिएका थिए । बचतकर्ताको दाबी अनुसार
उक्त सहकारीले करिब १ अर्ब रुपैयाँ अपचलन गरेको छ ।