दाङ , मंसिर ३०
दाङमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका ,१० झारबैराचोक नारायणपुरमा टिप्परको टक्करबाट घाइते भएका झिम्रुक गाउँपालिका ,४ प्युठानका १७ वर्ष विशाल जिसी, नौवहिनी गाउँपालिका, ६ लुङग बस्ने १८ वर्षका सगर केसीको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले जानकारी दिनुभयो ।
हिजो साँझ नारायणपुरमा तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख १३०७ नम्बरको टिपरले र विपरीत दिशा बाट आउँदै गरेको रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुईजना घाइते हुनु भएको थियो ।
२९ मङ्सिर २०८०, शनिवार १०:३६ मा प्रकाशित