काठमाण्डौ , भदौ १५
सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । यो संगै सुन आज तोलामा एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो तोलामा एक लाख १२ हजार ८ सय रुपैयाँले कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
१४ भदौ २०८०, शुक्रबार १२:४४ मा प्रकाशित