चितवन, मंशिर ४
त्रिशूली नदीमा चामल
बोकेको ट्रक खसको छ । मंगलबार बिहान नवलपरासीबाट चामल बोकेर काठमाडौँ जादै गरेको
लु २ ख ३५० नम्बरको १२ चक्के ट्रक धादिङ्गको बेनिघाट रोराङ्ग गाउपालिका वडा नं १०
स्थित हुग्दीखोला नजिकैबाट त्रिशूलीमा खसेको हो । बिहान ५ बजे
भएको दुर्घटनामा ३ जनाको सकुशल उद्वार गरी काठमाडौँ उपचारको लागि पठाइएको प्रहरीले
जनाएको छ । त्रिशुलीमा ट्रकको केही भागमात्र देखिएको अवस्थामा रहेको छ ।
३ मङ्सिर २०८१, मङ्गलबार ०८:४६ मा प्रकाशित