सुवाचन्द्र नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

Jhalkonepal

काठमाडौं, भदौ २८

 संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवाचन्द्र नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।

पशुपति आर्यघाटमा आज  बिहान ११ बजे राजकीय सम्मानका साथ गरिने नेकपा एमालेले जनाएको छ ।

मंगलबार राति निधन भएका नेम्वाङको पार्थिव शरीर हिजो ९बुधबार० दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि एमालेको पार्टी मुख्यालय च्यासलमा राखिएको थियो । मंगलबार दिनभर र हिजो दिउँसो १ बजेसम्म उहाप्रति श्रद्धाञ्जली अर्पणका लागि नेता कार्यकर्ता पार्टी कार्यालय च्यासल पुगेका थिए ।

विदेशमा रहेका दुई छोराहरु नेपाल फर्किएपछि च्यासलमा राखिएको नेम्वाङको पार्थिव हिजो दिउँसो १ बजेपछि बालुवाटारस्थित निवासमा लगिएको थियो । परिवारको जिम्मा लगाएपछि लिम्बू परम्पराअनुसार रातभर पूजा विधि गरिएको छ । 

नेम्वाङको निधनमा आज देशभर शोक बिदा दिइएको छ।

प्रतिक्रिया