नेप्से परिसूचक ७९.८८ अंकले घट्दा १९ अर्बकाे काराेबार

Jhalkonepal

काठमाण्डाैं, भदाै ९

आज नेप्से परिसूचक ७९.८८ अंकले घटेर सेयर बजारमा पहिराे गएकाे छ । अहिले सेयर २८९४ अंकमा झरेको छ । आज ६० कम्पनीको मूल्य बढ्दा १८४ को घटेको छ । आज १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज माइक्रोफाइनान्स बाहेकका सबै समूहगत सूचक घटेका छन् ।

माइक्रोफाइनान्स १.०८ प्रतिशत बढेको छ भने बैंकिङ ३.३१, विकास बैंक २.४४, फाइनान्स ३.५० प्रतिशतले घटेका छन् ।

यस्तै होटल तथा पर्यटन २.३८, हाइड्रोपावर ३.०४, लगानी ३.८३, जीवन बीमा २.५०, उत्पादन १.९८, निर्जीवन बीमा २.३२, अन्य ३.५५ र व्यापार समूह १.७६ प्रतिशत घटे ।

आज अपि पावर कम्पनीको कुल ८४ करोडको सेयर किनबेच हुँदा हिमालय रिको ७३ करोड, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ५१ करोड, अरुणभ्याली हाइड्रोपावरको ३७ करोड र शिवम् सिमेन्टको ३२ करोडको सर्वाधिक कारोबार भएको छ ।

 

प्रतिक्रिया